धनकुटाका यी क्षेत्रमा आज दिनभर बिद्युत अवरुद्द हुने
धनकुटा,१६ जेठ । धनकुटा जिल्लाको केही स्थानहरुमा आज बिद्युत अवरुद्द हुने भएको छ ।
नेपाल बिद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रले सुचना जारी गर्दै सहिदभुमि गाउंपालिका ६ को सुके आहाल देखि थलथले सम्म आज बिहान १० बजे देखि सांझ ५ बजे सम्म बिद्युत अवरुद्द हुने जनाएको छ ।
उक्त क्षेत्रको ११ के. भि. लाइनका काठका पोलहरु बदलि गर्ने कार्य गरिने भएको हुदा बिद्युत अवरुद्द हुने केन्द्रले जनाएको छ ।


