सुनसरीको इनरुवामा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु

सुनसरी, जेठ १६ गते । सुनसरीको इनरुवा नगरपालिका-७ स्थित हुलाकी राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन ।

जेठ १५ गते प्रदेश १-०२-००१ ख ८०५४ नम्वरको सेफ्टी ट्याङ्की सफा गर्ने ट्याङ्करले विपरित दिशाबाट आउदै को. ३२ प १३९२ नम्वरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल पछाडि सवार दुहवी नगरपालिका-११ का ४८ बर्षीय देव नारायण उरावलाई उपचारको लागी इनरुवा अस्पताल लगिएकोमा अस्पताल पुर्‍याउनासाथ उनको मृत्यु भएको थियो भने मोटरसाईकल चालक सोही स्थानका २३ बर्षीय मनिरत्न चौधरीको गोल्डेन अस्पताल विराटनगरमा उपचार भईरहेको छ ।

दुर्घटनामा सम्लग्न ट्याङ्कर र चालक इनरुवा-२ का लस्कर अन्सारीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।