धनकुटामा दुई फरार प्रतिवादी पक्राउ
धनकुटा,१६ जेठ । धनकुटाबाट दुई फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको साँगुरीगढी गाउँपालिका १० धारापानी बस्ने ४५ बर्षिया प्रकाश राई र साँगुरीगढी गापा ३ इम्लीखा बस्ने ५४ बर्षिया महिन्द्र कुमार याखा रहेका छन् ।
जिल्ला अदालत धनकुटाको फैसला अनुसार १८ महिना कैद र २० हजार जरिवाना तोकिएको ज्यान मार्ने उद्योगको फरार प्रतिबादी राई र हातहतियार खरखजाना मुद्दामा ५ महिना कैद र ५ हजार जरिवाना भई फरार रहेका प्रतिवादी याखालाई गत जेठ १५ गते इलाका प्रहरी कार्यालय राजारानी र इप्रका भेडेटारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ध्रुव नारायण श्रेष्ठले जानकारी दिए ।
दुबै जनालाई कानुन बमोजिम पक्राउ गरी धनकुटा जिल्ला अदालत मार्फत जिल्ला कारागार धनकुटा पठाईएको प्रनि श्रेष्ठले बताए ।


