धनकुटाको भेडेटारबाट लागुऔषध गांजा सहित दुई जना पक्राउ
धनकुटा,१६ जेठ । धनकुटाबाट लागुऔषध गांजा सहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सहिदभूमि गाउंपालिका १ का अन्दाजी १९ बर्षिया कसुर लिम्बु र चौबिसे गापा ४ का २१ बर्षिया बिजय याख्खा राई रहेका छन् ।
आज दिउंसो करिब १२:२० बजे इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले सांगुरीगढी गाउंपालिका ६ स्थित भेडेटार चोकमा संखुवासभाबाट ईटहरी तर्फ जादै गरेको को १ ख ३८४१ नम्बरको यात्रुबाहक बसमा सवार लिम्बुलाई शंका लागि चेकजाच गर्दा निजले बोकेको कालो हाते झोलामा लागु औषध गांजा जस्तो देखिने पदार्थ १२५० ग्राम फेला परेपछि निजलाई नियन्त्रणमा लिइएको हो ।
त्यसैगरि सोही स्थानमा पांचथर मौवाबाट दमक तर्फ जादै गरेको को १ ख ३८२९ नम्बरको बसलाई रोकि चेक जाच गर्दा राईले बोकेको हाते झोलाबाट लागुऔषध गांजा जस्तो देखिने पदार्थ २ किलो १३० ग्राम फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक ध्रुव नारायण श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई थप अनुसन्धानको लागि जिप्रका धनकुटामा राखिएको प्रहरीले जनाएको छ ।


