धनकुटा सहित इलाम र झापामा भारी वर्षा

काठमाडौं । इलाम, झापा, मोरङ, सुनसरी र धनकुटाकाे धेरै स्थानमा पछिल्लो चौबिस घन्टामा धेरै भारी वर्षा मापन भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार इलाम र झापामा अति भारी भएको छ ।

इलामको सोक्टिम चिया स्टेसनमा २१६ मिलिमिटर वर्षा भएको छ । यस्तै इलामकै बारपाङ स्टेसनमा २०८.२ मिलिमिटर वर्षा मापन भएको छ । झापाको शनिश्चरेमा २०८.६ मिलिमिटर वर्षा भएको छ । सप्तकोशी चतरामा १२८.४ र धरानबजारमा १३४.४ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ । त्यस्तै कन्काइ १२३.६ मिलिमिटर वर्षा भएको छ ।

१० मिलिमिटरसम्मको वर्षालाई हल्का, १०-५० मिलिमिटरसम्मको वर्षालाई मध्यम, ५०-१०० मिलिमिटरसम्मको वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी पानी पर्‍यो भने अति भारी वर्षाकाे रुपमा मापन गरिने महाशाखाले जनाएकाे छ ।

यी ठाउँमा थप वर्षा हुने जल विभागले जनाएकाे छ ।

भारी वर्षाको कारण मेची, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा-रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोला लगायत अन्य साना खोलामा सतर्कता तह आसपासको बाढी आउन सक्ने सम्भावना रहेकाले दिउँसो सम्म उच्च सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।

यस वर्ष १५ दिन अगावै पूर्व भेगबाट बिहिबार रातिदेखि मनसुन भित्रिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।