धनकुटामा बाढीले सडक अवरुद्द अपडेट : एकतर्फी पैदल यात्री आवतजावत,सडक निर्माण कार्य सुरु

धनकुटा,१७ जेठ । धनकुटामा लेउती खोलाको बाढीले सडक बगाएपछि आज बिहानैदेखि अवरुद्द भएको छ ।

आज बिहान करिब ५:३५ बजेदेखि अबिरल परेको बर्षाले जिल्लाको सांगुरीगढी गाउंपालिका ६ कोशी लोकमार्ग स्थित फेदीमा लेउती खोलामा आएको बाढीले करिब १०० मिटर सडक कटान गरेकोले दुबै तर्फको सडक अवरुद्द भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक ध्रुव नारायण श्रेष्ठले जानकारी दिए ।

त्यसैगरि आज बिहान ०४:४५ बजेको समयमा सांगुरिगढी गापा ६ कोशि लोकमार्ग स्थित नमस्ते झरना छेउमा रुख लडि माथीबाट पहिरो झर्दा सडक अबरुद्द भएको छ ।

घटना स्थलमा धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल,नेपाली सेना भिम दल गण सल्लेरी ब्यारेक धनकुटाका प्रमुख सेनानी गणेश थापा,जिप्रका धनकुटाका प्रमुख प्र.उ.शरत कुमार थापा क्षेत्री,सशास्त्र प्रहरी बल छिन्ताङ गुल्म धनकुटाका प्रमुख सप्रनाउ मदन नाथ समेतको टोली पुगेर खटिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

पछिल्लो समाचार अनुसार बिहान ०९:२० बजे देखि एकतर्फी रुपमा पैदल मानिसहरु आबतजाबत भईरहेको साथै सडक बिभाग समेतका कर्माचारीहरुको उपस्थितिमा सडक निर्माण गर्ने कार्य सुरु भएको जनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।