धनकुटामा ट्याङकर दुर्घटना,चालक घाइते
धनकुटा,१९ जेठ । धनकुटामा ट्याङकर दुर्घटना हुंदा एक जना घाइते भएका छन् ।
हिजो राती करिब २२:१० बजे जिल्लाको सांगुरीगढी गाउंपालिका १ तॅोर करिडोर सडक खण्डको भगुवा खोला स्थित फलामेटारबाट मुलघाट तर्फ जाँदै गरेको रौता कन्ट्रकसनको प्रदेश नम्बर १-०५-००१ क ००३१ नम्बरको पानी बोक्ने खाली ट्याङकर गाडी अनियन्त्रित भई बाटोमा पल्टि दुर्घटना भएको हो ।
दुर्घटनामा चालक उदयपुरको कटारी नगरपालिका ७ का ४४ बर्षिया सुन्दर बहादुर विक घाइते भएका छन् । चालक विकलाई च्यापिएको अवस्थामा उद्दार गरी थप उपचारको लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
घाइते विकको दाहिने खुट्टामा गहिरो चोट लागेको र अवस्था बोल्न सक्ने मध्यम रहेको प्रहरीले जनाएको छ ।


