सुनसरीको इटहरीबाट चोरी भएको मोटरसाईकल र लागुऔषध ब्राउन सुगर सहित एक जना पक्राउ

सुनसरी, जेठ १९ गते । सुनसरीको इटहरी उप-महानगरपालिका-६ स्थित पश्चिम टेम्पु स्टेण्ड नजिकैबाट चोरी भएको मोटरसाईकल र लागुऔषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जेठ १७ गते होटल अगाडि पार्कीङ गरी राखेको स्थानीय जित बहादुर घिमिरेको प्रदेश १- ०२-०५३ प १९६५ नम्बरको पल्सर मोटरसाईकल हराएको जानकारी प्राप्त हुनासाथ CRV बसपार्क इटहरीबाट खोजतलासमा खटिएको प्रहरी टोलीले इटहरी-१८ स्थितबाट मोटरसाईकल चोरीमा संलग्न इटहरी-९ का २३ बर्षीय संगम श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।

चेक जाँचको क्रममा श्रेष्ठको साथबाट लागूऔषध ब्राउनसुगर २०० मिलिग्राम समेत प्रहरीले वरामद गरेको थियो । चोरीमा संलग्न श्रेष्ठको इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।