लागूऔषध ब्राउन सुगर ओसार पसारमा संलग्न २ जना पक्राउ

विराटनगर, जेठ १९ गते । लागू औषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले लागू औषध ओसार पसारमा संलग्न २ जनालाई पक्राउ गरको छ ।

जेठ १८ गते मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेका सुनसरीको धरान उप-महानगरपालिका-१६ का २८ बर्षीय सुशान राई र ३२ बर्षीय कुशुम राईलाई १ ग्राम ५४ मिलिग्राम लागू औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

यसैगरी इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र अस्थायी प्रहरी पोष्ट कोठुबाट संयुक्त रुपमा गस्तीमा खटिएको प्रहरी टोलीले बेलका नगरपालिका-८ सिरवानी स्थित सोम्बारे मयुङ्टार भित्रि सडक खण्डमा सडकको नालीमा बोराभित्र प्लास्टिकले बेरेर लुकाई छिपाई राखेको १६ किलोग्राम ५ सय ग्राम लागू औषध गाँजा वेवारिसे अवस्थामा फेला पारेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖