यि हुन् धनकुटाबाट लागुऔषध ,मोबाइल र नगद रकम सहित पक्राउ परेका चार युवक

धनकुटा,१९ जेठ । धनकुटाबाट लागुऔषध र मोबाइल सहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको चौबिसे गाउंपालिका ६ का वर्ष २२ को पुजन लिम्बु, २२ बर्षिया सेसेहाङ चेम्जुङ ,२२ बर्षिया जेम्सन लिम्बु र ३७ बर्षिया दिनेश लिम्बु रहेका छन् ।

लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सुचनाको आधारमा आज इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरी टोलीले पुजनको घरकोठा भित्र सुतिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

कोठा भित्र टेबुलमा राखेको प्लाष्टिकमा प्याक गरिरहेको अवस्थामा खैरो हिरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित ५ ग्राम ६१० मिलिग्राम र (प्लाष्टिक बाहेक नापतौल गर्दा ३ ग्राम ९०० मिलिग्राम ) रहेको ,नगद रु. ४१ हजार ५ सय ,मोबाईल थान-४ समेत बरामद गरि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाको थप अनुसन्धान तथा कानुनी कार्वाहीको लागि जिप्रका धनकुटामा राखिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।