झापाको दमकमा खोकीको औषधि भन्दै श्रीमतीलाई बिष खुवाएर मार्न खोज्ने श्रीमान पक्राउ
झापा । ‘खोकीको औषधि’ भन्दै श्रीमतीलाई बिष खुवाएर मार्न खोज्ने श्रीमान पक्राउ
झापा दमकमा एक व्यक्तिले श्रीमतीलाई खोकीको औषधिको बहानामा विष खुवाएर हत्या प्रयास गरेको आरोपमा पक्राउ परेका छन्।पक्राउ पर्ने सप्तरी शम्भुनाथ–२ निवासी दिलीपकुमार मरिक डोम (२५) हाल दमक–१ सुम्निमा टोलमा डेरा गरी बस्दै आएका थिए।
गत चैत १० गते डोमले श्रीमती रेनु मरिकलाई ‘कफ सिरप’ भन्दै विष खुवाउने प्रयास गरेको इलाका प्रहरी कार्यालय दमकका डीएसपी रामप्रसाद तिम्सिनाले जनाए।रेनुले यसअघि पनि श्रीमान्ले आफूलाई आगो लगाएर मार्न खोजेको बताएकी छन्।एक छोरा र एक छोरी रहेका डोम फरार भएपछि सप्तरीको कल्याणपुरबाट संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
हाल उनीमाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान जारी रहेको र अदालतबाट ५ दिनको म्याद लिएको प्रहरीले जानकारी दिएको छ।-स्रोत :नीलोपाटी


