ताप्लेजुङमा खुकुरी प्रहार गरी हत्यामा संलग्न एक जना पक्राउ

ताप्लेजुङ, जेठ २१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका-६ का २८ बर्षीय तेजेन्द्र लिम्वुलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा सोही स्थानका ३२ बर्षीय अर्जुन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

जेठ २१ गते राती पौने १ बजे फक्क्तालुङ गाउँपालिका-३ स्थित फुपु योगमाया लिम्बुको घरमा पाहुना गएको अवस्थामा अर्जुन गुरुङ र उनको श्रीमती सरिता लिम्बु विच सामान्य बिवादको क्रममा झगडा भएकोमा फुपुले सम्झाई बुझाई दुबै जनालाई छिमेकी २८ बर्षीय तेजेन्द्र लिम्बुको साथ लगाई उनिहरुकै घर पठाएकोमा घर फर्कने क्रममा बाटोमा तेजेन्द्र लिम्बुलाई गुरुङले एक्कासी धारिलो हतियार खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

घटना पश्चात फरार रहेका गुरुङलाई तत्काल जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले फुङ्लिङ-९ स्थित भिरकुना जंगलमा भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖