धनकुटाबाट सुर्ती बोकेको हाइस गाडी सहित चालक पक्राउ
धनकुटा,२२ जेठ । धनकुटाबाट बिल बिजक बिनाको सुर्ती सहित एक जना पक्राउ परेका छन् ।
आज बिहान जिल्लाको साँगुरिगढी गाउंपालिका ६ भेडेटार चौक स्थितमा इलाका प्रहरी कार्यालय इटबरीबाट तेह्रथुम तर्फ जादै गरेको चालक मोरङको लेटाङ नगरपालिका ९ स्थायी घर भई हाल सुनसरीको ईटहरी उमनपा ५ बस्ने बर्ष ४८ को मंगल बहादुर लिम्बु पक्राउ परेका हुन् ।
च्लक लिम्बुले चलाई ल्याएको बा ४ ख ८०१ नम्बरको यात्रु बाहक हायस गाडीलाई रोकी चेकजाँच गर्दा उक्त गाडीको पछाडीको सिटमा दुई वटा बोरामा ४० ( चालिस) के.जी ( अन्दाजी मूल्य ने रु २४,०००) बिल बिजक बिनाको सुर्ती फेला परेपछि उक्त सुर्ती बरामद गरी उक्त गाडी, गाडी चालक र सुर्ती समेतलाई आबश्यक कार्बाहीको लागि आन्तरिक राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


