धनकुटाको पाख्रिबासमा सरसफाई तथा बृक्षरोपण (फोटो फिचर)
धनकुटा,२२ जेठ । धनकुटाको पाख्रिबासमा सरसफाई तथा बृक्षरोपण गरिएको छ ।
पाख्रिवास नगरपालिका ४ स्थितमा रहेको सिमसार क्षेत्रमा बन डिभिजन कार्यालय धनकुटा र पाख्रिवास नगरपालिकाको संयुक्त आयोजनामा बिश्व वाताबरण दिबस २०८२ को अबसरमा सरसफाई तथा बृक्षरोपण गरिएको हो ।
कार्यक्रम जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल,पाख्रिवास नगरपालिका नगर प्रमुख ज्ञान बहादुर गुरुङ,जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्र.उ.शरत कुमार थापा क्षेत्री ,बन डिभिजन कार्यालय धनकुटाका प्रमुख संजिब राज ढकाल ,नेपाली सेना भिम दल गण सल्लेरी ब्यारेक धनकुटाका सेनानी मन्दिप राई ,सशास्त्र प्रहरी बल छिन्ताङ गुल्म धनकुटाका प्रमुख सप्रनाउ मदन नाथ ,राष्ट्रिय अनुसन्धान बिभाग धनकुटाका प्रमुख रुद्र बहादुर गुर्बछान लगायत स्थानिय जनप्रतिनिधि, बिभिन्न राजनितक दलका प्रतिनिधिहरु, समाजसेबी,कर्मचारी र स्थानिय नागरिकको सहभागिता रहेको थियो ।
तस्बीरमा :











