मोरङबाट लागुऔषध गाँजा ओसार पसारमा संलग्न दुई जना सवारी साधन सहित पक्राउ

मोरङ, जेठ २२ गते । मोरङको ग्रामथान गाउँपालिका-७ स्थितबाट लागुऔषध गाँजा ओसार पसारमा संलग्न २ जनालाई सवारी साधन सहित प्रहरीले पक्राउ गरेको छ ।

जेठ २० गते राती कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय बेलबारी र हरैचाबाट खटिएको प्रहरी टोलीले ग्रामथान-७ कलाबन्जार चौक स्थितमा संकास्पद अवस्थामा रहेका प्रदेश १-०४-००१ प ९८३५ मोटरसाईकलमा सवार जहदा गाउँपालिका-५ का ३० बर्षीय राजेश कुमार कामत र भारत अररिया पर्वाहा ग्राम पंचायतका ३२ बर्षीय विकास कुमार साहुलाई नियन्त्रणमा लिई सोधपुछको क्रममा उनिहरुले नजिकै रहेको होम पाईममा गाँजा लुकाई राखेको भनि जानकारी गराएकोमा उक्त स्थानबाट १२ पोका (३४७.११० किलोग्राम) गाँजा फेला परी बरामद गरेको हो ।

गाँजा बरामद भए संगै ओसार पसारमा संलग्न दुई जनालाई नम्बर प्लेट नभएको सेतो रङको टाटा सुमो गाडी र मोटरसाईकल सहित नियन्त्रणमा लिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖