धनकुटाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक थापा क्षेत्रीद्वारा इलाका प्रहरी कार्यालय पाख्रिवासको निरीक्षण

धनकुटा,जेठ २२ । जिल्ला प्रहरी कार्यालय धनकुटाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीबाट इलाका प्रहरी कार्यालय पाख्रिवास, धनकुटाको निरीक्षण तथा अनुगमन गरिएको छ ।

निरीक्षणको क्रममा वहाँले समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम राख्न प्रभावकारी प्रहरी परिचालन आजको मुख्य आवश्यकता रहेको कुरा बताउनु भयो ।

यसै क्रममा प्रहरी सेवालाई थप उत्कृष्ट सेवा बनाउन प्रहरीले अनुशासन, आचरण, पेशागत दक्षता एवँ स्वास्थ्य, दैनिक व्यायाम,सन्तुलित खानपिन जस्ता आधारभुत कुराहरुलाई अनुशरण गर्नु पर्ने कुरा समेत बताउनु भयो । सोही निर्देशनमा प्रहरी कर्मचारीले पोशाक तथा असभावहरु समयमा नै मर्मत सम्भार एंव हिफाजात गरी प्रभावकारी कार्यान्वय हुने गरी लगाई परिचालित हुनु पर्ने निर्देशन दिनु भयो ।

उहाँले अझ उत्कृष्ट सेवा प्रवाहका लागि उच्च मनोबलका साथ कानूनको अधिनमा रही त्रुटिरहित तवरले कार्य गर्न निर्देशन दिनुभएको थियो । प्रहरी संगठनलाई प्रभावकारी बनाउँदै नागरिकमैत्री सेवा प्रवाह गर्न नेपाल प्रहरी प्रतिवद्ध रहेको उल्लेख गर्दै उहाँले अनुशासन, इमानदारीता र व्यावसायिक क्षमतामा आधारित कार्यसम्पादनले मात्र संगठनको लक्ष्य हासिल गर्न सकिने कुरा समेत बताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।