धनकुटाको पाख्रीबासमा आदिवासी जनजातिको हक अधिकार सम्बन्धि दुई दिने सचेतनामूलक कार्यक्रम सुरु

धनकुटा,२३ जेठ । धनकुटाको पाख्रीबास नगरपालिकामा आज ( शुक्रबार )देखि २ दिने आदिवासी जनजातिको हक अधिकार सम्बन्धि सचेतनामूलक कार्यक्रम सुरु भएको छ ।

पाख्रीबास नगरपालिकाको सहयोग तथा आदिवासी जनजाति पत्रकार महासंघ धनकुटा शाखाको आयोजनामा सञ्चालन भईरहेको सचेतनामूलक कार्यक्रममा नगरको १० वटै वडाको महिला तथा पुरुषको सहभागीता रहेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै पाख्रीबास नगरपालिकाका मेयर ज्ञान बहादुर गुरुङले आदिवासी जनजाति ,दलित लक्षित वर्गहरुलाई लक्षित गरि नगरले विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो साथै उहाले लक्षित वर्ग तथा आर्थिक रुपमा कमजोर रहेका पाख्रीबासका नागरिकको जीवनस्तर सुधारका लागि नगरले विभिन्न अनुदानमा आधारित प्राेत्साहान मुलक कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । उहाँले आगामी दिनमा नगरले सचेतनामुलक तथा क्षमता विकासका कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिवद्वता व्यक्त गर्नु भयो ।

कार्यक्रमका विशेष अतिथि वडा नं ३ का वडा अध्यक्ष सरोज राईले कार्यक्रममा बोल्नु हुदै संविधानमा व्यवस्था गरेको आदिवासी जनजातिको हक अधिकारका विषयमा जान्न र बुझ्न आवश्यक रहेको बताउनुभयो । त्यस्तै गरि उहांले आदिवासी जनजातिके पहिचान र अस्तित्वको लागि उनीहरुको भाषा संस्कृतिको संरक्षण गर्न जरुरी रहेको बताउनु भयो । आगामी दिनमा आदिवासी जनजातिको हक अधिकार संरक्षण हुने नगरले कार्यक्रम ल्याउने प्रतिवद्वता व्यक्त गर्नु भयो ।

यस्तै गरि कार्यक्रम किरात राई यायाेख्खा नगर सचिव चकेन्द्र राई, पत्रकार महासंघ धनकुटा अध्यक्ष विदुर खवास, निमित्त प्रमुख प्रसाशकिय अधिकृत ओम आलेले कार्यक्रममा आदिवासी जनजातिको हक अधिकार , मुद्दाको विषयमा सचेतनामुलक कार्यक्रमले कार्यन्वयन तथा आदिवासी जनजातिको विकासका लागि अबका दिनमा कस्ता नीति र कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ? स्थानीय सरकारले आदिवासी जनजाति समुदायको विकासको लागि के कस्ता भूमिका निर्वाह गर्न आवश्यक छ भन्ने विषयमा यस कार्यक्रमले नीति कार्यक्रम बानाउन सहयोग पुर्याउने बताउनुभयो ।

फाेनिज धनकुटा शाखा अध्यक्ष मालती मोक्तानको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सहजिकरण विषय विज्ञ जेपि भुजेल र फाेनिज प्रदेश निवर्तमान अध्यक्ष सन्तविर लामाले गरि रहनु भएको छ ।

कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख कमला पाण्डे , प्रेस युनियन धनकुटाका अध्यक्ष विनेद घिमिरे , प्रेस चौतारी धनकुटाका अध्यक्ष नारायण आठपहरिया राई लगायत एकल जातिय संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।