धनकुटाका यी स्थानमा आज बिद्युत सेवा अवरुद्द हुने
धनकुटा,२४ जेठ । धनकुटाका केही स्थानमा आज बिद्युत सेवा अवरुद्द हुने भएको छ ।
नेपाल बिद्युत प्राधिकरण धनकुटा बितरण केन्द्र अन्तर्गत रुदुवा खोला देखि पात्ले खोला सम्म को ११ के. भि. लाइनका काठका पोलहरु बदलि गर्ने कार्य गरिने भएकोले आज बिहान ८ बजे देखि सांझ बजे सम्म धनकुटा नगरपालिका ९ र १० मा पर्ने पेट्रोल पम्प,गुठिटार,पखेरे टोल, रुद्रबारि र बेल्हारा का केहि क्षेत्रहरुमा बिद्युत सेवा अवरुद्द हुने नेबिप्रा धनकुटा वितरण केन्द्रले जनाएको छ ।
प्राधिकरणले भनेको छ : यस बाट पर्न जाने असुबिधा प्रति प्राधिकरण क्षमा याचना गर्दछ ।


