झापा, सुनसरी र इलामबाट लागुऔषध सहित १७ जना पक्राउ

बिराटनगर, जेठ २४ गते । झापा, सुनसरी र इलामबाट लागुऔषध सहित १७ जना पक्राउ परेका छन ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगको सुरक्षा सुनिश्चितता अभियान अन्तरगत लागू औषधको प्रयोग तथा ओसार पसारलाई नियन्त्रण गर्न परिचालन भएको प्रहरी टोलीले जेठ २३ गते झापाको मेचीनगर-१३ स्थितबाट सोही स्थानका ३५ बर्षीय लक्ष्मि सोरेन, २६ बर्षीय बिष्णु मग्राती र मोरङ लेटाङका २९ बर्षीय सन्तोस परियारलाई १ ग्राम १५० मिलिग्राम र शिवसताक्षी नगरपालिका- १ का २६ बर्षीय प्रनिस मुखिया, २४ बर्षीय तेज बहादुर दर्जीलाई ७०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

त्यसैगरी सुनसरीको कोशी गाउँपालिका-१ स्थितबाट सोही स्थानका हिमाल कुमार मण्डल, करण कुमार मण्डल, २१ बर्षीय दयानन्द कुमार यादव, ईटहरी-५ का ३३ बर्षीय अजय चौधरी, ‍धरान -‍१७ का २७ बर्षीय बिवेक बिश्वकर्मा, संगम राई, १९ बर्षीय किरण राई, बराहक्षेत्र-७ का २२ बर्षीय कौशल कालिकोटे र २० बर्षीय याकुव राईलाई २२ ग्राम ८१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । सोही दिन इलामको इलाम नगरपालिका-७ स्थितबाट सोही स्थानका २६ बर्षीय रुपन राई, देउमाई नगरपालिका- २ का २९ बर्षीय पासाङ शेर्पा र माई नगरपालिका- १ का २१ बर्षीय अबिरल राईलाई १ ग्राम ३९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।