साकेला उभौली चाड समापनको अवसरमा धनकुटामा तीन डाक्टर सहित चार जना सम्मानित

धनकुटा । किरात राई यायोक्खा धनकुटाले साकेला उभौली चाडको समापन समारोहमा शनिवार धनकुटामा तीन डाक्टर सहित चार जनालाई धनकुटा टुडिखेलमा भव्य समारोहका वीच सम्मान गरेको छ ।

किरात राईहरुको विषेश चाड साकेला उभौलीको अवसरमा किरात राई यायोक्खा धनकुटाले धनकुटा जिल्ला अस्पतालका मेडिकल सुपेरीटेण्डेन डाक्टर सन्तोष राई, धनकुटा निवासी महेन्द्र बहुमुखी क्याम्पस धरानका उप्रध्यापक डा. जिवन राई,धनकुटा निवासी ज्योतिष तथा वास्तुविद डा.सागर राई र जिल्ला शिक्षा समन्वय ईकाइ धनकुटाका प्रमुख मोहन राईलाई किरात राईको परम्परा अनुसार फेटा लगाई दिई उन्नती र प्रगतिको शुभकामना दिदै सम्मान गरेको हो ।

कार्यक्रममा सहिदभूमी गाउपालिकाका अध्यक्ष मनोज राई,नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई,सम्मानीत व्यक्तित्व डा. सागर राई,धनकृटा बहुमुखी क्याम्पसका उपप्रध्यापक भाषाविद इच्छापूर्ण राई,नेकपा माओवादी केन्द्रका बिष्णुमाया कन्दङवा,पूर्व अध्यक्षहरु सञ्जय सन्तोषी राई,पार्वती राई,नगेन्द्र राई,किरात राई यायोक्खा सागुरीगढी गाउपालिका कार्य समितिका अध्यक्ष जगत राई लगायतले किरात राई भूमी पुत्रहरु सम्मानित भएकोमा बधाई दिदै समावेशीता सहितको पहिचान आवाश्यक रहेको वताएका थिए ।

किरात राई यायोक्खा धनकुटाका अध्यक्ष उद्धवमणी राईको अध्यक्षता सम्पन्न कार्यक्रमको संचालन सचिव कला राईले गर्नु भएको थियो । स्वागत मन्तव्य उपाध्यक्ष मनकुमारी राईले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।