तमोर नदीमा पौडी खेल्ने क्रममा १६ वर्षीया शिशिर राई बेपत्ता
पांचथर । फालेलुङ गाउँपालिका–७ भालुखोपका १६ वर्षीय शिशिर राई तमोर नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन्।
शनिबार फिदिम बजारबाट साथीहरूसँग पौडी खेल्न तमोर नदी गएका शिशिरलाई नदीको भेलले बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
घटनापछि प्रहरी र स्थानीयबासीहरूले संयुक्त रूपमा दिनभर खोजी कार्य जारी राखे पनि शनिबार साँझसम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन।
बेपत्ताको खोजी कार्य आइतबार बिहानदेखि पुनः सुरु गरिएको प्रहरीले जनाएको छ। उद्धार टोलीसहित स्थानीयहरू खटिएका भए पनि आइतबार बिहानसम्म पनि शिशिरको अवस्था अज्ञात नै रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
प्रहरीका अनुसार घटनास्थल वरपरको क्षेत्रलाई प्राथमिकता दिँदै खोजी कार्य तीव्र पारिएको छ।-स्रोत :नीलोपाटी


