ताप्लेजुङ र सुनसरीबाट लागुऔषध सहित ६ जना पक्राउ

बिराटनगर, जेठ २५ गते । सुनसरी र ताप्लेजुङबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जेठ २४ गते प्रहरी चौकी नरसिंहटप्पु सुनसरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ईटहरी-१७ का २९ को अबिनाश चौधरीलाई ३५ ग्राम ११० मिलिग्राम ब्राउन सुगर र इलाका प्रहरी कार्यालय इटहरीले इटहरी-६ बाट सोहि स्थानका २९ बर्षीय सन्तोष श्रेष्ठ र २९ बर्षीय जिवन बुढाथोकीलाई ९२ एम्पुल लागू औषध सहित नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय महेन्द्रनगरले १९ किलोग्राम गाँजा सहित प्रदेश १-०२-०५१ प ४८२३ नम्बरको मोटरसाईकल चालक धनकुटा- ९ का २१ बर्षीय लक्ष्मण माझीलाई बराहक्षेत्र-१ बाट पक्राउ गरेको छ ।

त्यस्तै ताप्लेजुङको फुङलिङ नगरपालिका- ७ घर भई हाल फुङलिङ- ६ स्थित डेरा गरी बस्दै आएका २६ बर्षीय सुजन तामाङलाई ७ ग्राम ३० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजु १ थान सहित उनकै कोठाबाट र बेचबिखानमा संलग्न भारत दार्जलिङका २३ बर्षीय नितेन वर्मनलाई फुङलिङ-२ बाट जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।