मोरङकी ९० वर्षीया वृद्धा बेपत्ता, कपडा नहर किनारमा फेला
मोरङ । ग्रामथान गाउँपालिका वडा नं. ७ निवासी ९० वर्षीया वृद्धा तिलमाया खड्का हिजो साँझ ६:०० बजे आफ्नो घरबाट अचानक बेपत्ता भएकी छिन्।
परिवारका सदस्यहरूका अनुसार उनी सामान्यतया साँझपख घरमै रहने गरेकी थिइन्, तर हिजो अचानक हराएको पुष्टि भएपछि खोजी कार्य सुरु गरिएको थियो।


