पाख्रिबासका कार्कीको टाउकोमा ट्युमर,उपचारमा आर्थिक समस्या भएपछि सहयोगको याचना
धनकुटा,२५ जेठ । धनकुटाको पाख्रिबास नगरपालिका ७ का तारा कुमार कार्कीलाई टाउकोमा ट्युमर रोगबाट ग्रस्त भएपछि उपचारका लागि परिवारले सहयोगको याचना गरेका छन् ।
कार्कीको टाउकोको ट्युमरको काठमाडौ स्थित टिचिंग अस्पतालमा अप्रेसन गरिएपनि हाल चिकित्सककै निगरानीमा राखिएको साथै पु:न अप्रेसन गर्नु पर्ने चिकित्सकहरुको सल्लाह दिएपछि आर्थिक समस्या आइपरेको हो ।
लामो समय अस्पतालको बसाई र उपचारले आर्थिक बोझ थपिंदै गएपछि थप उपचारमा समस्या भएकोले सहयोगको लागि अपिल गरिएको हो ।
अहिले सम्मको उपचारमा धेरै खर्च भइसकेकोले थप उपचारका लागि उहांकी श्रीमति सविता कार्कीको नाममा रहेको एनआइसी बैंकको खाता नम्बर ३३०५७५१६४६०११००१(3305751646011001) मा सहियोग गरिदिनु हुन अपिल गरिएको छ ।
थप जानकारीका लागि पाख्रिबास नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष देवेन्द्रबहादुर तामाङको सम्पर्क नम्बर 9842950963 मा सम्पर्क गर्न सक्नुहुनेछ ।


