नेपाल आदिवासी जनजाति पत्रकार महासंघ धनकुटाको आयोजनामा पाख्रीबासमा सञ्चालित दुई दिने सचेतनामूलक कार्यक्रम सम्पन्न
धनकुटा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फाेनि) जिल्ला शाखा धनकुटाकाे आयाेजनामा सञ्चालित दुई दिने सचेतना मुलक कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
पाख्रीबास नगरपालिका धनकुटाकाे सहयोगमा सञ्चालन भएको कार्यक्रममा नगरभित्रका महिला तथा पुरुषको सहभागी थियोे ।
उक्त सचेतना कार्यक्रमकाे सहजिकरण नेपाल आदिवासीजनजाति महासंघ जिल्ला समन्वय समिति धनकुटाका सल्लाहकार तथा प्रशिक्षक जेपि भुजेल र फाेनिज प्रदेश निवर्तमान अध्यक्ष सन्तविर लामाले आदिवासीजनजाति सम्बन्धि हक अधिकार , संविधानमा व्यवस्था गरेको कानुनी कुराहरु , आदिवासीजनजातिहरु अवस्था ,उत्थान ,विकास लागि भएको प्रयास , स्थानीय तह संग आदिवासीजनजातिकाे सम्बन्ध र सराेकार नीति कार्यक्रमकाे विषयमा गर्नु भएको थियोे ।
कार्यक्रमकाे समापन आदिवासीजनजाति महासंघ जिल्ला समन्वय समिति धनकुटाका अध्यक्ष नवीन किशोर शाक्यकाे प्रमुख आतिथ्य सम्पन्न भएको थियोे ।
समापन कार्यक्रममा आदिवासीजनजाति महासंघ नगर समन्वय परिषद अध्यक्ष थर्कमान श्रेष्ठ, नेपाल मगर संघ नगर अध्यक्ष निम बहादुर राना , नेपाल मगर संघ बाैद्व सेवा समाजका अध्यक्ष लेख बहादुर गान्छाकी मगर , किरात राई यायाेखा नगर सचिव चकेन्द्र राई लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।
फाेनिज धनकुटाका अध्यक्ष मालती माेक्तानले आदिवासीजनजातिहरु मा जागरुक बनाउन तथा उत्थानकाे उद्देश्यले पाख्रीबास नगरपालिकाकाे सहयोगमा दुई दिने आदिवासीजनजाति हक अधिकार सम्बन्धि दुई दिने सचेतना मुलक कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागीहरुकाे तर्फबाट बाेल्दै पुष्पा घिसिङले नगरमा पहिलोपटक आदिवासीजनजाति सम्बन्धि हक अधिकार र नेपालकाे संविधानसमा समावेश गरिएको कुराहरू , कानुनका विषयमा बुझ्ने महत्त्वपूर्ण अवसर मिलाएकोमा नगर आयाेजक संस्थालाई धन्यवाद दिएकाछन् साथै आगामी दिनमा यस्ता कार्यक्रम आवाश्यक रहेको बताइन ।
कार्यक्रममा फाेनिजका सचिव डेविन्द्र ठाडा , सहसचिव जानू तामाङ लगायतकाे उपस्थिति थियोे ।







