मोरङ र पाँचथरबाट लागू औषध सहित ९ जना पक्राउ

विराटनगर, जेठ २६ गते । मोरङ र पाँचथरबाट हिजो जेठ २५ गते लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङ र लागू औषध विशेष ब्युरो शाखा कार्यालय काँकरभिट्टा झापाबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका-७ का ३८ बर्षीय मिथुन भन्ने रजत थापालाई ५५ ग्राम ब्राउन सुगर, २ लाख ८८ हजार २५० र २ वटा डिजिटल तराजु सहित उनकै घरबाट पक्राउ गरेको हो ।

त्यसैगरी लागू औषध नियन्त्रण ब्युरो विराटनगरले ४ ग्राम ५८० मिलिग्राम सहित सुन्दरहरैचा-३ का २१ बर्षीय निरन लिम्बुलाई विराटनगर महानगरपालिका १६ स्थितबाट र इलाका प्रहरी कार्यालय बेलबारीले बेलबारी २ लालभित्ती स्थितबाट सोही स्थानका २८ बर्षीय बिट्टु भगत र सुन्दरहरैचा-१२ का ३४ बर्षीय मिथलेस शर्मालाई २५० मिलीग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

त्यस्तै पाँचथरको फिदिम नगरपालिका- २ बाट ३ ग्राम ५१० मिलीग्राम ब्राउन सुगर सहित २७ बर्षीय दिपेन केरुङ, २३ बर्षीय बिरबल राई, ३० बर्षीय गणेश सुजी, ३२ बर्षीय पर्वत तामाङ र १९ बर्षीया रिदिमा बर्देवालाई जिल्ला प्रहरी कार्यालय पाँचथरले नियन्त्रणमा लिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।