झापाको बिर्तामोडमा लगातार गहना तथा नगद चोर्ने थप तीन जना पक्राउ
झापा । झापाको बिर्तामोड प्रहरीले सहरका घरहरुमा लगातार गहना तथा नगद चोर्ने थप तीनजनालाई पक्राउ गरेको जनाएको छ ।
यसअघि एकजना चोरसहित तीनजना पक्राउ परेका थिए ।पक्राउ पर्नेमा बिर्तामोड-२ चारपाने बस्ने २८ वर्षीय सुरज राई, चोरीको गरगहना खरिद गर्ने बिर्तामोड-१ नारायणचोक बस्ने ४९ वर्षीय अरविन्दकुमार विश्वकर्मा (कालिगढको रुपमा कार्यरत) र शेरावाली ज्वेलर्स बिर्तामोडका सञ्चालकका छोरा सुभान्सु साह रहेका छन् ।
उनीहरुलाई हिजो पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले जनाएको छ । राईले चोरी गरेको गरगहना विश्वकर्मालाई बिक्री गरेका थिए ।त्यस्तै, विश्वकर्माले साहलाई बिक्री गरेका थिए ।


