धनकुटामा घरको छतमा जानेक्रममा भर्याङमा लडेकी एक महिलाको उपचारका क्रममा मृत्यु
धनकुटा । धनकुटामा घरको छतमा जानेक्रममा भर्याङमा लडेकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनकुटा नगरपालिका ७ समावेशी टोल बस्ने अन्दाजी ६१ बर्षिया वर्त कुमारी राई रहेकी छिन् ।
हिजो सांझ मृतक आफ्नै एकतले घरको छतमा जानेक्रममा भर्याङमा अचानक लडी बेहोस भएपछि उपचारको लागि धनकुटा जिल्ला अस्पताल ल्याई उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


