मोरङ, झापा र उदयपुरबाट लागुऔषध सहित पांच जना पक्राउ

विराटनगर, जेठ २७ गते । मोरङ, झापा र उदयपुरबाट प्रहरीले लागू औषध सहित ५ जनालाई पक्राउ गरेको छ ।

हिजो बेलुका ६ बजे मोरङको विराटनगर महानगरपालिका १६ हुलासचौक स्थितबाट लागू औषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले कोशी गाँउपालिका वडा नं.३ बस्ने ३५ बर्षीय श्याम कुमार यादवलाई ब्राउन सुगर १ ग्राम ५१० मिलिग्राम सहित पक्राउ गरिएको छ ।

यस्तै हिजो राती सँवा ८ बजे झापा भद्रपुर नगरपालिका ४ डाँगीबारी स्थितबाट वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ४ अनारमनि बस्ने ४२ बर्षीया अन्जु मण्डल र बिर्तामोड नगरपालिका १ सुर्यनगर बस्ने २४ बर्षीय अशारु चौधरीलाई ब्राउन सुगर २ ग्राम ०४० मिलिग्राम सहित पक्राउ गरिएको छ भने हिजै बेलुका साँढे ६ बजे उदयपुर त्रियुगा नगरपालिका ११ स्थितबाट जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका १० का २३ बर्षीय रोनिस दाहाल र १८ बर्षीय बसन्त मोतेलाई लागू औषध ट्रामोल ५५ क्पाप्सुल, तत्काल नाम नखुलेको औषधी ३२ क्याप्सुल सहित पक्राउ गरिएको छ ।

पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।