सोलुखुम्बुमा टेम्पो दुर्घटनामा एक जनाको मृत्यु ,तीन घाइते
सोलुखुम्बु । सोलुखुम्बुमा भएको टेम्पो दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
सल्लेरीबाट पत्तालेतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००२ स ९१९४ नम्बरको टेम्पो सोलुदुधकुण्ड नगरपालिका-८ बाघखोरमा दुर्घटना हुँदा ओखलढुङ्गाको मोलुङ गाउँपालिका-८ बस्ने २८ वर्षीय लाक्पा शेर्पाको घटनास्थालमै मृत्यु भएको हो ।
प्रहरीका अनुसार टेम्पो अनियन्त्रित भई मंगलबार बिहान सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको छ ।
दुर्घटनामा घाइते भएका अटो चालक समेत ३ जनाको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


