अत्यधिक गर्मीका कारण तीन दिन विद्यालय बन्द
मोरंग । मोरंगको ग्रामथान गाउँपालिकाले अत्यधिक गर्मीका कारण तीन दिनका लागि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ।
गाउँपालिकाद्वारा जारी सूचनाअनुसार पछिल्ला केही दिनदेखि अत्यधिक गर्मीका कारण विद्यालयमा नियमित पठनपाठनमा समस्या देखिएको भन्दै मिति २०८२ जेष्ठ २८ गते बुधबारदेखि ३० गते शुक्रबारसम्म विद्यालय बन्द गरिने जानकारी दिइएको छ।


