झापामा करेन्ट लागेर एक बृद्दको मृत्यु
झापा । झापा जिल्लाको कचनकवल गाउँपालिका–७, बैगुनबारीका ६५ वर्षीय किर्खनाथ खनालको करेन्ट लागेर मृत्यु भएको छ।
प्राप्त जानकारीअनुसार, खनाल बाख्रा चराउन गएका बेला करेन्ट लागेको तारमा छोइएर घटनास्थलमै मृत्यु भएको हो।
स्थानीय स्रोतका अनुसार, जंगली हात्तीबाट अन्नबाली जोगाउनका लागि खनालले आफ्नो बारी वरिपरि तारबार तानेर विद्युतीय प्रवाह गरेका थिए। प्रारम्भिक अनुमान अनुसार, सोही तारमा करेन्ट लाग्दा उनको मृत्यु भएको हो।


