धनकुटाबाट लागुऔषध गाँजा मुद्दाका फरार व्यक्ति पक्राउ

धनकुटा,२८ जेठ ।धनकुटाबाट लागुऔषध गाँजा मुद्दाका फरार व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शहीदभूमि गाउँपालिका ६ आँखीसल्ला बस्ने ३८ बर्षिया डम्बर राई रहेका छन् ।

फरक फरक ३ वटा लागुऔषध गाँजा मुद्दामा संलग्न रही फरार रहेका राईवाई प्रहरीको विशेष टोलीले आज सांझ धनकुटा नगरपालिका वडा नं. ६ बाघेखोलास्थित कोशी लोकमार्गबाट नियन्त्रणमा लिएको हो ।

निजलाई प्रदेश १-०६-००१च-००१८ नम्बरको आफ्नै कारमा धरानबाट धनकुटातर्फ आउँदैगरेको अवस्थामा नियम्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

२०८० चैत २५ गते साँगुरीगढी गाउँपालिका, वडा नं.६, भेडेटारमा को १ ख ३२९४ नम्बरको मिनिट्रकमा लुकाइछिपाइ लाँदैगरेको १८ बोरामा ५४४ केजी गाँजा तथा उक्त सवारीसाधन बरामद भएको मुद्दामा निजको संलग्नता खुली निजबिरूद्ध धनकुटा जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भएको थियो ।

यसैगरी २०८० बैशाख २९ गते मुलघाटमा को १ ख ३३६७ नम्बरको मिनिट्रकमा लोड भएको १७ बोरामा ५१० केजी लागुऔषध गाँजा तथा सवारीसाधन बरामद भएको मुद्दामा समेत अनुसन्धानको लागि निजबिरूद्ध पक्राउ अनुमति प्राप्त भएको थियो साथै गत २०८० जेठ २९ गते निज राईले सञ्चालन गरेको शहीदभूमि-६, मार्गास्थित फर्निचर व्यावसायको टहरोमा बरामद भएको २ केजी गाँजा मुद्दामा समेत निज फरार रहेका थिए ।

निजबिरूद्ध दर्ता रहेका मुद्दा दर्ता नम्बर १२२, १२३, १२४, (आ.व.०७९।८०) तीनै वटा मुद्दामा भोलि जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖