धनकुटाको पाख्रिबासमा चट्याङ लागेर एक जना घाइते,दुई चौपायाको मृत्यु हुंदा ६० हजार बराबरको क्षति
धनकुटा,२८ जेठ । धनकुटाको पाख्रिबासमा चट्याङ लागेर एक जना घाइते भएका छन् ।
घाइते हुनेमा पाख्रिबास नगरपालिका ७ देउराली बस्ने ७० बर्षिया सुर्य बहादुर बस्नेत रहेका छन् ।
आज सांझ करिब ८:३० बजे घर र गोठमा चट्याङ पर्दा घरमै बसिरहेका निज बस्नेतको शरीरको दाहिने भागमा सामान्य चोट लागेको र उहांको स्थानीय मेडिकलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
चट्याङले निज बस्नेतको गोठमा रहेको एउटा गोरु र एउटा भैसीको पाडोको घटनास्थलमै मृत्यु हुंदा करिब ६० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।


