चौविसेको ४ पत्रकारलाई लेखनबृत्ति

सैलेन्द्र तामाङ/जेठ ३०,चौविसे । धनकुटाको चौविसे गाउँपालिकाले आफ्ना पालिकाका ४ जना प्रशिक्षार्थी पत्रकारहरुलाई लेखनबृती(फेलोसिप) रकम बितरण गरिएको छ ।

पालिकाको जेठ २९ गते संसदिय दलको भेलाको अबसरमा उनिहरुलाई नगद सहित प्रमाण पत्र प्रदान गरेको हो ।

तीन महिने समाचार लेखन पूरा गर्नु भएका प्रशिक्षार्थी पत्राकारहरु बिनोद भन्डारी, देवबहादुर याखा,शैलेन्द्र तामाङ र पबित्रा मगरलाई जनहि नगद छ हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।

उहाँहरुलाई पालिकाका अध्यक्ष राजकुमार लिम्बू,उपाध्यक्ष टंकमायां पाङ्मी मगर,निमित्त प्रमुख प्रशासकीय अधिकृत सोभित कुमार तुम्बा,चौविसे गाउँ कमिटी अध्यक्ष जीवन कटुवाले नगद तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका कोषाध्यक्ष नारायण कुमार राईले पत्राकार आचारसंहितामा रहेर आगामी दिनमा समाचार लेख्न सुझाब दिनुभयो ।

आचारसंहितामा रहेर समाचार लेख्ने पत्रकारको हकहितका लागि महासंघले संधै पेसागत सुरक्षामा सहयोग गर्ने राईले जानकारी दिनुभयो ।

पालिका अध्यक्ष राजकुमार लिम्बुले नया पत्रकारहरुलाई समाचार लेखनलाई निरन्तरता दिन आग्रह गर्नु भयो ।

उहांले पालिकाको शुसासन समृद्धिको भुमिका खेल्दै पालिकाले गरेको बिकास निर्माणको कामहरूको प्रचार प्रसारमा सहयोग गर्न आग्रह गर्नुभयो ।

उहाँले चौबिसेको पत्राकारिता तथा संचार कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिदै जाने पनि बताउनु भयो ।

गाउँ पालिकाको सहयोग तथा अनलाईन मिडिया एजेन्सी धनकुटाको आयोजनामा गएको फागुन देखि जेठ १५ सम्म फेलोसिप कार्यक्रम अन्तर्गत समाचार लेखन कार्यक्रम संचालन गरिएको थियो ।

चौबिसेका १६ सहभागीबाट छ्नौट गरिएका प्रशिक्षार्थी पत्रकारहरुले पालिका खबर र धनकुटा खबरमा समाचार लेखेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।