धनकुटामा नापतौल घुम्ति सेवा शुरु
धनकुटा । धनकुटा उद्योग बाणिज्य संघको आयोजनामा गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरको प्राविधिक सहयोगमा धनकुटामा नाप तौल दर्ता तथा निवरणका लागि घुम्ती सेवा शुरु भएको छ ।
यहाँका उद्योगी व्यापारी तथा व्यावसायीहरुलाई घर आगनमा सेवा प्रदान गर्ने उदेश्यका साथ वुधवारदेखी यो सेवा शूरु गरिएको धनकुटा उद्योग बाणिज्य संघले जनाएको छ ।
नाप तौलको दर्ता तथा निवरणका लागि घुम्ती सेवा शुरु उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी टुपराज पोखरेलले यस प्रकारको सेवाबाट अधिकतम फाईदा लिन दिन व्यावसायीहरुलाई आग्रह गर्नु भएको छ । सघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाका एस पी सरत कुमार थापा क्षेत्री,स–शस्त्र प्रहरी वल छिन्ताङ गुल्मका डि एस पी मदननाथ, धनकुटा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ तामाग,नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुदर खवास, लगायतले यो कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने वताए ।
गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरका निरिक्षक मनिषा राई,सहायक निरिक्षक अनुजा घिमिरे,सि.मि. संजित कुमार शर्मा र सि.मि. दिलिप कुमार महतोले घुम्ती सेवा कार्यक्रम मार्फत धनकुटाका उद्योगी व्यापारी तथा व्यावसायीहरुको नाप तौल दर्ता तथा नविकरण तथा नाप तौल सम्वन्धि सहजीकरण गरेका थिए । यो सेवा अन्र्तगत वुधवार धनकुटा बजारका १०७ जना सेवाग्रहीहरुले प्रत्यक्ष सेवा लिएको संघका कार्यलय सचिव मातृका राईले बताउनु भयो ।
आज २९ गते सिधुवा र पाख्र्रिवास बजारमा,जेष्ठ ३० गते हिले बजारमा र जेष्ठ ३१ गते धनकुटा बजारका बाकी क्षेत्र,मुलघाट,भेडटार बजार क्षेत्रमा नाप तौल सम्बन्धि घुम्ती सेवा कार्यक्रम संचालन गरी सेवा प्रदान गरिने संघका अध्यक्ष राईले जानकारी दिनु भयो ।
कोशी प्रदेशमा गुणस्तर तथा नाप तौल कार्यालय विराटनगर र झापा जिल्लामा मात्र रहेकोले अन्य जिल्लाकाहरुले सेवा लिन ती कार्यालयहरुमा नाप तौल,ढक तराजु लिएर जानु पर्ने हुँदा धनकुटा उद्योग बाणिज्य संघले यहाँका सेवाग्राहीलाई सहजता प्रदान गर्न नापतौल घुम्ति सेवा सञ्चालन गरेको हो ।


