ताप्लेजुङ र पाँचथरबाट लागुऔषध सहित ६ जना पक्राउ

विराटनगर, जेठ २९ गते । ताप्लेजुङ र पाँचथरबाट हिजो प्रहरीले लागू औषध सहित ६ जनालाई पक्राउ गरेको छ ।

ताप्लेजुङको फुङलिङ नगरपालिका- ४ स्थित लागू औषध बिक्री वितरण भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ३३३ मिलिग्राम ब्राउन सुगर सहित फुङलिङ नगरपालिका-११ का २१ बर्षीय रोमन विश्वकर्मा, सिन्धुली दुधौली १० का २७ बर्षीय देव बहादुर बि.क, फक्तालुङ गाउँपालिका-३ का ३२ बर्षीय मन्दिप लिम्बु र भारतीय नागरिक मनोज साहलाई पक्राउ गरेको छ ।

त्यसैगरी पाँचथरको फिदिम नगरपालिका- ४ बाट ५ सय ३० मिलिग्राम ब्राउन सुगर सहित फिदिम नगरपालिका- १ का ३० बर्षीय सागर लिम्बु र झापा बिर्तामोड घर भई हाल सोहि स्थानमा बस्दै आएका ३४ बर्षीय रोहित न्यौपानेलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖