संखुवासभामा याक्खा भाषा अभिमुखिकरण कार्यक्रम सम्पन्न

संखुवासभा । “नेपाल आदिवासी याक्खा संघको चाहना, याक्खारेन संरक्षित स्वायत्त क्षेत्रको स्थापना” भन्ने मूल नाराका साथ २०८२ ज्येष्ठ २७ र २८ गते नेपाल आदिवासी याक्खा संघ केन्द्रीय समितिको आयोजनामा संखुवासभा धर्मदेबि नगरपालिका वडा न. ९ बिहिबारेमा याक्खा भाषा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल आदिवासी याक्खा संघको आयोजना एवं आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको प्रायोजनमा सम्पन्न भएको दुई दिने अभिमुखिकरण कार्यक्रममा नेपाल आदिवासी याक्खा संघका केन्द्रीय उपाध्यक्ष रुद्र जिमीले याक्खा संघको उद्देश्य र नेपालको संविधान २०७२ ले सुनिश्चित गरेका हक अधिकार प्राप्तिका लागि याक्खा संघ सधैं सक्रिय रहेको बताउनु हुदै बि.स. २०६६ देखि याक्खा भाषामा प्राथमिक तहमा पठनपाठन गराउसै आएकोमा त्यसको स्तरोन्नतिका लागि अभिमुखिकरण कार्यक्रम गरिएको बताउनु भएको छ ।

उक्त नगरपालिका सदस्य प्रेमिका कोङरेनले नगरपालिकाले नगरपालिका भित्रका याक्खा भाषा पठनपाठन हुने बिद्यालयहरूमा सहयोग गर्दै आएको बताउनु भयो । शिक्षक एवं समाजसेवी भोला जिमीले याक्खा भाषा पठनपाठनले याक्खा जातिमा पहिचान स्थापित गर्ने गराउने कुरामा ठूलो सहयोग पुगेको र यसलाई माथिल्लो तह सम्म पुर्याउनु पर्छ सबैले हातेमालो गर्न जरुरि भएको बताउनु भयो ।

याक्खा भाषाका शिक्षक बलराम जिमीले धेरै बर्ष पढाउदा पनि सरकारले याक्खा भाषा पढाउने शिक्षकहरूको लागि नितिगत रुपमा तलब सेवा सुबिधा सरकारले ब्यबस्था गर्न नसक्दा मातृ भाषाहरू अन्यायमा परेको बताउनु भयो । यसका भाषा भाषीहरूले सरकारको ध्यान केन्द्रित गराउनु पर्ने समेत बताउनु भयो । अर्का याक्खा भाषाकि शिक्षिका शान्त जिमीली हामीले जहिले सुकै भोलेन्टियर रुपमा पढाइ राख्नु पर्ने तर सरकारले भाषा पठनपाठन प्रति निति तथा कार्यक्रम नल्याउने हो भने सरकारको औचित्य माथि गम्भिर प्रश्न उठिरहेको बताउनु भयो ।

समाजसेवी टंक देवान जिमीले नेपाल आदिवासी याक्खा संघले लोप हुन लागेको हाम्रो याक्खा भाषाको जगेर्नाका लागि पाठ्यक्रम बिकास गरी पठनपाठन गराएर त्यसको थप बिकास गर्न अभिमुखिकरण कार्यक्रम गरेर महत्वपूर्ण काम गरेकोमा धन्यबाद दिनु भयो । त्यसै गरी समाजसेवी धनसिङ जिमीले याक्खा संघले याक्खा भाषाको संरक्षण गरी याक्खा जातिको पहिचान स्थापित गराउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो ।

याक्खा जातिको बाहुल्य रहेको संखुवासभा र धनकुटा जिल्ला अन्तर्गत धर्मदेबि नगरपालिका अन्तर्गत वडा न. २ को इन्द्रकालि प्रा.बि. वडा न. ६ को बालबालिका प्रा.बि., वडा न. ७ को दुधनाथ प्रा.बि र वडा न. ९ भगवती मा.बि.को प्रा.बि.तहमा पठनपाठन हुदै आएको छ ।

यसरी नै धनकुटा जिल्ला अन्तर्गत महालक्ष्मी नगरपालिका वडा न. ३ को कैलाशेस्वरी, वडा न. ४ को जलकन्या प्रा.बि. र चौबिसे गाउँ पालिका वडा न. २ को बालबालिका प्रा.बि. मा समेत याक्खा भाषाको पठनपाठन भैरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।