झापामा ट्रान्सफर्मर चोरी
झापा । झापा शिवशताक्षीमा ट्रान्सफर्मर नै चोरी भएको छ ।
शिवसताक्षी नगरपालिका–१ (धरमपुर) स्थित स्व. नर बहादुर–तारादेवी थापा स्मृति खानेपानी तथा सरसफाइ आयोजना समितिको १०० केभीए क्षमताको विद्युत ट्रान्सफर्मर आज चोरी भएको हो ।
उक्त चोरीका कारण आयोजना करिब १० लाख रुपैयाँ बराबरको क्षतिमा परेको छ भने उपभोक्ताहरू अहिले खानेपानी सेवाबाट वञ्चित भएका छन।


