इग्नाइट फाउण्डेशनद्वारा निःशुल्क चिसो पानी वितरण सुरु

विराटनगर । इग्नाइट फाउण्डेशन विराटनगरले निःशुल्क रुपमा चिसो पानी वितरण सुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङमा हालै दर्ता भई सञ्चालनमा आएको फाउण्डेसनले पहिलो कार्यक्रमका रुपमा बटुवाहरुलाई लक्षित गरी निःशुल्क चिसो पानी वितरण सुरु गरेको हो ।

विराटनगरस्थित ट्राफिक चोकमा आयोजित कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पानी वितरण शुभारम्भ गरेका थिए । पहिलो दिन शनिबार फाउण्डेसनले सर्बत पानी र चिसो पानी वितरण गरेको अध्यक्ष आश्रेय कोइरालाले जानकारी दिए ।

‘बढ्दो तापक्रमसँग लड्न पानी पिउनुहोस्, हाइड्रेटेड रहनुहोस्’ भन्ने नाराका साथ फाउण्डेसनले गर्मीभरि निःशुल्क शुद्ध जलसेवा प्रदान गर्ने अध्यक्ष कोइरालाको भनाइ थियो ।

कार्यक्रममा प्रजिअ यादवले इग्नाइट फाउण्डेसनले अत्यन्तै राम्रो कार्य गरेको भन्दै प्रशंसा गरे । युवाहरुमा समाजसेवाप्रतिको भाव प्रकट हुनु निकै खुसीको कुरा भएको यादवको भनाइ थियो । उनले इग्नाइट फाउण्डेसनमा आबद्ध युवाबाट समाजका अन्य युवाहरुले पनि प्रेरणा लिन सक्ने बताए ।

केही दिनदेखि विराटनगरसहित तराईमा अत्यधिक गर्मी बढेको छ । जसका कारण जनजीवन प्रभावित हुँदै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।