मोरंगको गोठगांउमा करेन्ट लगाएर माछा मार्ने क्रममा श्रीमान- श्रीमतीको मृत्यु

मोरङ । मोरङमा करेन्ट लगाएर माछा मर्ने क्रममा श्रीमान-श्रीमतिको मृत्यु भएको छ

मोरङको सुन्दरहरैँचा नगरपालिका ७ गोठगाउँस्थित खयरडाडाँमा करेन्ट लगाएर माछा मार्ने क्रमममा स्थानीय श्रीमान-श्रीमति पुर्णबहादुर लिम्बू तथा भुलाकुमारी लिम्बुको मृत्यु भएको छ।

स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाका संयोजक चिरञ्जीवी शिवाकोटीका अनुसार सुन्दरहरैँचा–७ स्थित मदेली खोलाको पुलमुनि विद्युत प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको बताए। उनीहरुको निधनले स्तब्ध र मर्माहत बनाएको संयोजक शिवाकोटीले बताए।

घटनास्थल पुगेर इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको बताईएको छ। घटना बारे थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖