पाँचथरको हेवाँखोलामा मोडुलर ब्रिज भाँचिँदा ६ जना गम्भीर घाइते
पांचथर । पाँचथरको हेवा खोलामा निर्माणाधीन ७० मिटर लामो मोडुलर ब्रिज भाँचिँदा ६ जना कामदार गम्भीर घाइते भएका छन्। उनीहरूलाई जिल्लामा उपचार सम्भव नभएपछि बिराटनगरस्थित नोभल अस्पतालमा रिफर गरिएको छ।
घाइते सबै बारा, सिमरा उपमहानगरपालिकाका हुन् — राजन चौधरी, राकेश चौधरी, भुलेश्वर चौधरी, प्रकाश चौधरी, अभिषेक चौधरी र रूपलाल चौधरी। अधिकांश बोल्न नसक्ने अवस्थामा छन् भने एकजनाको खुट्टा भाँचिएको, केहीको टाउको र शरिरमा चोट लागेको छ।
यो नेपालमै पहिलो पटक सिंगल स्पान (पिल्लरविहीन) ७० मिटर लामो मोडुलर ब्रिज जडान गर्ने प्रयास थियो। यसअघि बगाइएको पक्की पुल र बेलिब्रिजको विकल्पमा उक्त निर्माण भइरहेको थियो। ब्रिज भाँचिनुको कारण खुल्न बाँकी छ।


