झापाको अर्जुनधारामा स्विमिङ पुलमा पौडी खेल्दाखेल्दै डुबेर एक जनाको मृत्यु
झापा ।झापाको अर्जुनधारामा रहेको एक स्विमिङ पुलमा पौडी खेल्दाखेल्दै एकजना मानिसको डुबेर मृत्यु भएको छ ।
झापाको अर्जुनधारा नगरपालिका–६ स्थित माता मन्दिर नजिकै रहेको सीएम स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा काठमाडौँ महानगरपालिका–१४, बाफल स्थायी घर भई हाल झापाको बिर्तामोड नगरपालिका–११, बसपार्कमा बस्दै आएका ४० वर्षीय केशव पाठक डुबेर गम्भीर घाइते भएका थिए।
डुबेको अवस्थामा भेटिएका पाठकलाई तत्कालै साथमै रहेका साथीहरुले उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बि एण्ड सी अस्पताल पुर्याए पनि अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।


