उदयपुरमा दुई जनाको सुनको सिक्री थुतेर भाग्ने क्रममा यसरी परे पक्राउ
उदयपुर, असार १ । उदयपुरको चौदण्डिगढी नगरपालिका-४ स्थितबाट २ जनाको सुनको सिक्री थुतेर भाग्ने क्रममा १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको बिरगंज महानगरपालिका-२० का १९ बर्षीय सचिन राजपुत रहेका छन् ।
जेठ ३१ गते दिउँसो पौने १० बजे शनिबारे स्थित बजारमा सोहि स्थानकी २८ बर्षीय बिनिता तामाङ र ३१ बर्षीया सोभा राईले घाँटीमा लगाएको सुनको सिक्री थुतेर भाग्ने क्रममा प्रहरी चौकी बसाहाको प्रहरी टोलीले राजपुतलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनको आवश्यक थप अनुसन्धान भईरहेको छ ।


