झापाको अर्जुनधारामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु
विराटनगर, असार ०१ गते । झापाको अर्जुनधारा नगरपालिका- ११ स्थितमा पौडी खेल्ने क्रममा डुबेर १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काठमाण्डौ घर भई हाल सोहि स्थानमा बस्दै आएको ४० बर्षीय केशब पाठक रहेका छन् ।
जेठ ३१ गते साँझ साढे ८ बजे माता मन्दिर स्थित रहेको स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर घाईते भएक उनलाई तत्काल उद्धार गरी उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड पुर्याउन साथ डाक्टरले मृत घोषणा गरेको थियो ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।


