झापामा बुबाको काजकिरिया गर्दै तीन छोरी
झापा । झापाको बिर्तामोड नगरपालिका–५ मित्रनगर टोलका ७१ वर्षीय कृष्णबहादुर घिमिरेको निधनपछि उनको काजकिरिया छोरीहरुले गरिरहेका छन् ।
घिमिरेको निधनपछि उनका ३ जना छोरीहरुले मृत्युपछि गरिने संस्कारका काम गरिरहेका हुन् ।
घिमिरेको जेठ २२ गते निधन भएको थियो ।उनको निधनपछि जेठी छोरी शर्मिला, माइली प्रमिला र कान्छी छोरी सुशीला घिमिरे बुबाको काजकिरियामा बसेका हुन् ।
बुबाको निधनपछि उनीहरुले नै दागबत्ती दिएका थिए ।-सुन्दरहरैचा अपडेट


