सुनसरीको वराहक्षेत्रमा एउटा हात्ती मृत फेला
सुनसरी । सुनसरीमा एक हात्ती मृत फेला परेको छ ।
बराहक्षेत्र नगरपालिका २ रेल्वेलाईन पुर्व कौशिकी सामुदायिक वन नजिक मकैबारीमा लगभग ५ बर्षको भाले जङ्गली हात्ती मृत फेला परेको हो ।
हात्ती कसरी मर्यो भन्ने बारे बन कार्यालयले अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।


