इलाम र मोरङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

विराटनगर, असार ०२ गते । इलाम र मोरङ जिल्लाको दुई स्थानहरुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

असार १ गते साँझ इलामको इलाम नगरपालिका-११ स्थितमा बिर्तामोडबाट मंगलबारे तर्फ किराना सामान बोकेर जादै गरेको प्र १-०१-००१ प ९७७८ नम्बरको पिकअप गाडी आफै अनियन्त्रित भई सडकबाट करीब १ सय ५० मिटर तल खस्दा गाडीमा सवार झापाको खुदुनाबारी घर भई हाल इलामको देउमाई नगरपालिका-९ नवमी बजारमा व्यवसाय गरी बस्ने ३८ बर्षीय बिष्णु पराजुलीको उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुर झापामा मृत्यु भएको थियो भने निजकै ८ बर्षीया छोरी प्रेयन्सा पराजुली र गाडी चालक इलामको देउमाई-९ जितपुर का २२ बर्षीय आइत बहादुर लिम्बुको BNC अस्पताल बिर्तामोड झापामा उपचार भईरहेको छ ।

यसैगरी असार १ गते राती मोरङको ग्रामथान गाउँपालिका-५ तेतरीया स्थित घिनाघाट सडक खण्डमा को ३३ प ६८१६ नम्बरको मोटरसाईकल आफै अनिन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल पछाडी सवार ग्रामथान-४ का २२ बर्षीय सुरज सरदारको उपचारको क्रममा बिराट नर्सिङ होम अस्पताल विराटनगरमा मृत्यु भएको थियो भने मोटरसाईकल चालक सोही स्थानका २० बर्षीय दिवेश सरदार र पछाडी सवार १९ बर्षीय राजु उरावँको सोही अस्पतालमा उपचार भई रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।