धनकुटामा सञ्चालित नाप तौल घुम्ति शिविर मार्फत ३ सय ४ जनाले लिए सेवा
धनकुटा । धनकुटा उद्योग बाणिज्य संघको आयोजना एवं गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरको प्राविधिक सहयोगमा उद्योगी व्यापारी तथा व्यावसायीहरुलाई घर आगनमै सेवा प्रदान गर्ने उदेश्यले धनकुटामा संचालन गरेको नाप तौल को दर्ता तथा निवरणका लागि घुम्ति सेवा कार्यक्रम सम्पन्न भएको छ ।
नाप तौल घुम्ती शिविर मार्फत ३ सय ४ जनाले सेवा लिएका छन् । शिविरमा गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरका निरिक्षक मनिषा राई,सहायक निरिक्षक अनुजा घिमिरे,सि.मि. संजित कुमार शर्मा र सि.मि. दिलिप कुमार महतोले घुम्ती सेवा कार्यक्रम मार्फत धनकुटाका उद्योगी व्यापारी तथा व्यावसायीहरुको नाप तौल दर्ता तथा नविकरण, सहजिकरण गरेका थिए ।
नाप तौल घुम्ती शिविर समापनको अवसरमा उहाहरुलाई सम्मान सहित बिदा गरी मायाको चिनो प्रदान गरिएको उद्योग वाणिज्य सघ धनकुटाका अध्यक्ष विजय सन्तोेषी राईले जानकारी दिनुभयो । जेष्ठ २७ देखी जिल्लाको धनकुटा,हिले, जोरपाटी,सिधुवा,पाख्रिवास लगायत बजार क्षेत्रमा सन्चालन गरिएको शिविरमा गरी ३ सय ४ जना व्यापारी,व्यावासायी र सेवाग्रहीहरुलाई प्रत्यक्ष रुपमा सेवा लिएको संघका कार्यालय सचिव मातृका राईले वताउनु भयो ।
धनकुटा उद्योग बाणिज्य सघको अध्यक्ष राईको अध्यक्षतामा भएको नाप तौल घुम्ती शिविर समापन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाका एस पी सरत कुमार थापा क्षेत्री,सशस्त्र प्रहरी वल छिन्ताङ गुल्मका डि एस पी मदननाथ, धनकुटा उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष उमेश घिमिरे, वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ तामाङ, उपाध्यक्षहरु खगेन्द्र विष्ट,कृष्ण श्रेष्ठ,महिला उपाध्यक्ष निर्मला श्रेष्ठ,महासचिव श्रीराम रायमाझी,कोषाध्यक्ष रुपेश श्रेष्ठ, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुदर खवास,नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ लगायतको सहभागिता थियो । यही अवसरमा धनकुटा उद्योग बाणिज्य संघले आफ्नो सदस्यता समेत नविरकण तथा दर्ता अभियान संचालन गरेको थियो ।


