पाख्रिबासका एक महिलाको इटहरीमा मोटरसाईकल दुर्घटना हुंदा मृत्यु
सुनसरी, असार ४ । सुनसरीको इटहरी उप-महानगरपालिका- २० कोशी लोकमार्गमा मोटरसाईकल दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ ।
असार ०३ गते दिउँस साढे ३ बजे प्रदेश १ -०२-०५२ प ३५६४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई रोडमा पल्टिदा मोटरसाईकल चालक धनकुटा पाख्रिबास नगरपालिका- ४ घर भई हाल इटहरी-१ स्थित बस्दै आएका ५३ बर्षीय राजेन्द्र श्रेष्ठको श्रीमती ४५ बर्षीया हिरा मेघाले घाईते भएका थिए ।
घाईते मेघालेलाई उपचारको लागि आर्य न्युरो अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।


